नेपाल प्रहरीमा एसएसपी बढुवाका लागि ११ जनाको नाम सिफारिस

फिल्को मिसन

२०७७माघ १ विहीबार
कठमाण्डौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक एसपीको प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । हिजो दिउँसो बसेको बढुवा समितिको बैठकपछि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । उहाँहरूमध्ये शाह, पञ्जियार र पाण्डेय एआईजी विश्वराज पोखरेलका ब्याची हुन् ।
बढुवा सिफारिसमा परेका अन्य अधिकृतहरु पनि यसअघिका बढुवामा छुटेका एसपीहरु हुन् । गृहको सिफारिसमाथि मन्त्रिपरिषदले एक सातापछि निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस