योगको थप महत्व र सान्दर्भिकता बढ्यो ः प्रधानमन्त्री ओली

फिल्को मिसन

२०७७ माघ ,१विहीबार
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड(१९) को महामारीबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका छन् ।
राष्ट्रिय योग दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले योग, ध्यान र आहारविहारलाई जीवन पद्धतिका रूपमा दैनिक अपनाउन सकिएमा महामारीको संक्रमण सामना गर्न सहज हुने बताएका छन् ।
उहाँले कोरोना भाइरस कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला यसको सान्दर्भिकता बढेको बताउनुभयो ।
राष्ट्रिय योग दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले योग, ध्यान र आहार विहारलाई जीवन पद्धतिका रुपमा दैनिक अपनाउन सकिएमा महामारीको सङ्क्रमण सामना गर्न सहज हुने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीको सन्देशमा योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वस्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लान आग्रह गर्नुभयो । नेपालमा वि. सं. २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आएको छ ।
नेपालमा १ माघ २०७२ देखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ । यस वर्ष कोरोना महामारीका कारण भर्चुअल र टेलिभिजनमा प्रत्यक्ष प्रसारणमार्फत यो दिवस मनाइँदै छ । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको मन्त्रलयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस