परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा

फिल्को मिसन

२०७७ माघ,१विहीबार

काठमाण्डौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली आज भारत जानुभएको हो । उहाँ नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुने हुनेछ । बैठक तीन दिनसम्म चल्ने छ । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ । भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु पनि गर्ने भनिएको छ । मन्त्रीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी पनि रहनेछन् । मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस