ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदनमा पारित

फिल्को मिसन

२०७७ माघ,१विहीबार

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सभा हाउस अफ रिप्रिजेन्टेटिभ्सले पारित गरेको छ । संसदमा हिंसा भड्काउन आफ्ना समर्थकहरुलाई उक्साएको आरोपमा ट्रम्प माथि अमेरिकी डेमोक्रेटिक पार्टिका सांसदहरुले महाअभियोग प्रस्ताव पेश गरेका थिए । महाअभियोगको पक्षमा २ सय ३२ मत परेको बिबिसीले लेखेको छ । महाअभियोग पारित हुन २ सय १७ मत आवश्यक थियो । ट्रम्प माथीको महाअभियोग प्रस्ताव अब अमेरिकी सदनको माथिल्लो सभा सिनेटमा जानेछ । राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा एकै कार्यकालमा २ पटक महाअभियोग लाग्ने राष्ट्रपति बन्नुभएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनको जितको पुष्टि गर्न अमेरिकी काँग्रेग्रेसमा बहस चलिरहेका बेला ट्रम्प समर्थकहरुले ६ जुनमा क्यापिटल भवन भित्र हिंसा मच्चाएका थिए
प्रतिक्रिया दिनुहोस