नेपाल–भारतबीचकोे दिल्लीमा आज वार्ता हुँदै

फिल्को मिसन

माघ२, २०७७ शुक्रबार
काठमाण्डौं । नेपाल–भारतबीच भारतको राजधानी नयाँ दिल्लीमा आज वार्ता हुँदैछ । संयुक्त आयोगको छैटौँ बैठक हिजोदेखि सुरु भएको छ ।
आज दुई देशका परराष्ट्रमन्त्रीसहितको संयुक्त आयोगको बैठक बस्नेछ । हिजोको बैठकले पूर्वतयारीमा विविध कार्यसूचीका कार्यतालिका निर्माण तथा छलफलका विषयसूची तय गरेको छ । नेपालले सीमा समस्या, व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत, सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्य, कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत्त छलफल गर्ने गरी आफ्नो कार्यसूची दुई दिनअघि नै सार्वजनिक गरेको छ ।
भारतले हिजो बिहान कार्यसूची तथा बैठकका विविध गतिविधिबारे औपचारिक रूपमा वक्तव्य सार्वजनिक गरेको हो । प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, कोभिड खोपमा साझेदारीजस्ता विषयमा महत्त्वपूर्ण सहमति हुने नेपाल सरकारको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस