हुम्लीबासीले यसरी भुओ पर्व मनाए

भक्तराज एडी

२०७७ माघ २, शुक्रबार

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाका विभिन्न क्षेत्रमा धुमधामका साथ भुओ पर्व मनाएका छन् । जिल्लाको सिमकोट, सर्केगाड, चंखेली, अदानचुलि, खार्पुनाथ र ताँजाकोट गाउँपालिका लगायतका गाउँहरुमा भुओ पर्व भव्य रुपमा मनाइएको छ ।
नेपालमै कतै नमनाइने भुओ पर्व प्रत्येक वर्ष पुस शुक्ल द्वित्तीयका दिन कर्णाली प्रदेशका हुम्ला,जुम्ला, डोल्पा बाजुरा,आछाम लगयात जिल्लाहरुमा धुमधामका साथ मनाउने गरेकाछन ।
बिहानै नुहाई धुवाई गरेर आफन्त नातेदार संग हातबाट टीका थाप्ने र ढोग गर्ने प्रचलन रहेको छ। हिन्दुधर्म संस्करा भन्दा फरक बौद्धधर्म र हिन्दुधर्म समिश्रण संस्कारले ओगेटको साविकको कर्णाली र सुधुपश्चिम केहि जिल्लामा मनाउने भुवो पर्व पुर्णमा सानो भुओ र औसीमा ठुलो भुओ पर्व मनाइने चलन छ ।
तिहारमा खेलिनेलाई देउसी भैलो भन्दा फरक तरिकाले भुओेपर्व मनाएको भुतपुर्व नेपाल पत्रकार महाँसंघ जिल्ला अध्यक्ष कर्ण रोकायोले बताए । भैलो खेलेर मागेको चामल,धान,पैसा सबै भैलो खेल्न गएकाहरू सबै जना मिलेर भुओ भात अर्थात वन भोज खाने प्रचलन रहेको पनि रोकयाले बताउनु भयो ।
प्रत्येक वर्षको शुक्ल पूर्णिमाको दिनमा मनाईने भुओ पर्व गाउँको पाइक पर्ने स्थानमा रातभर आगो बालेर जाग्राम बसेर रमाउने गरेको हेमन्त बोहराले जानकारी दिनुभयो ।
गाउँले सबैले एक घरबाट दाउराको एक मुढचो दिने र राती एक बजेको समयमा भुओ मनाउने गरीन्छ । शुरुमा गाउँको पाइक पर्ने स्थानमा गाउँकै देवता बाडपाल देवताले दियो जगाएपछि सबैले आ आफ्नो घरबाट सल्लाको दियालो अर्था झरो लिएर गएकाहरुले दियो जगाएपछि त्यसमा सबैले फ्याक्ने गर्दछन् । यसरी भुओ पर्व मनाउँदा गाउँमा शुभ हुने र खसिको खलि समेत दिने चलन रहेको छ ।
भुओ पर्वमा आ आफ्नो क्षमता अनुसारको पुरानो गरगहनाको पहिरन सहित आफ्नो भेष भुशा संस्कृती जोगाउनको लागि आफ्नो संस्कारको पहिरनमा सजिएर महिला पुरुषहरु बाजागाजाको तालमा फुर्का खेल्ने गर्दछन ।

भुओ पर्वमा गाउँमा वर्ष भरी कुनै घरको सदस्यको मृत्यु भएमा भुओका दिन बाट शुद्ध हुने वा चोखिने भएकोले यो पर्वलाई ऐतिहासिक पर्वको रुपमा लिने गरिएको हो ।

घर लिप पोत गर्ने,आफ्नो चेली बेटि हरुलाई बोलाएर मिठा मसिना परिकारहरु खुवाउने , बर्ष परिवर्तन हुने हुनाले सबै कुरा नयाँ गर्ने हुँदा नयाँ खाना बनाउने, आगो नयाँ बाल्ने, पानी कसैलाई नछोएर ल्याउने लगाएतका कामहरु गर्ने र बिहान ४ बजे देखि शुरु भएर औल बराईदेखि बाजा गाजाको साथमा लाम लस्कर लागेर लेख बराईको भुओ खेल्ने ठाउँमा जम्मा भएर सबै घरधुरीहरु त्यहाँ बाट अलि पाँच मिनेटको उकालो हिडेर पितर पुज्ने ठाउँमा पुगि बुढा पाखाहरुले पितर पुज्ने चलन रहेको ऐडिले जानकारी दिनुभयो ।
दिनभर विभिन्न बाजाको तालमा फुर्का खेलेर रमाईलो गर्दै दुई पक्ष विपक्ष बीच को हार जितको खेल गरेर फुर्का खेल समापन गर्दछन ।
त्यसपछी विभिन्न गाउबाट आएका पाउनाहरुलाई नास्ता खुवाएर औल बराई फर्किन्छन औल बराई फर्किने क्रममा दुई गाउँको बिचमा पर्ने डाज्या भन्ने ठाउँमा परापुर्व काल देखि गर्दै आएको विभिन्न गाउँबाट आएका र बराई गाउँका युवाहरुको शक्ति पर्दशनको लागि ढुङ्गा उचाल्ने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस