परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी एस जयशंकर बीच भेटवार्ता

फिल्को मिसन

२०७७ मााघ,२शुक्रबार
कठमाण्डौं । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस जयशंकर बीच हैदरावाद हाउसमा आज बिहान भेटवार्ता भएको छ ।
भेटका क्रममा नेपाल–भारत सम्बन्धका साथै समसामयिक क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विविध विषयमा विचारविमर्श भएको थियो । बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा भारतका बाह्य मामिला सचिव हर्षवर्द्धन श्रृङ्गला र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा पनि सहभागी भएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
आजै दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा आयोगको बैठक सोही भवनमा भएको छ । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयसहित व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवम् संस्कृतिबारे छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस