विपत्तिहरूको सामना गर्न पूर्वतयारी गर्नुपर्ने गृहमन्त्री थापाको भनाइ

फिल्को मिसन

२०७७ मााघ,२शुक्रबार
कठमाण्डौं । गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउन सक्ने विपत्तिहरूको सामना गर्न पूर्वतयारी गर्नुपर्ने बताउनुभएको छ । २३ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आज काठमाडौं महानगरपालिकाले गरेको भूकम्प स्मृतिसभामा उहाँले प्राकृतिक विपत्ति आकस्मिक रूपमा आउन सक्ने भएकाले पूर्वतयारीमा रहनुपर्नेमा जोड दिनुभएको हो । यसका लागि सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको पनि उहाँले बताउनुभयो । २०७२ सालको भूकम्पले दिएको घाउ निको भइनसकेको भन्दै उहाँले पुनर्निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी पनि दिनुभयो । यस वर्ष बाढीपहिरोका कारण क्षति भएका घरहरूको पुनर्निर्माणको काम पनि अगाडि बढाउनुपर्ने थापाले बताउनुभयो

प्रतिक्रिया दिनुहोस