समन्वय समितिका प्रमूख सहित पाँच जना जुवाडे पक्राउ

२०७७ मााघ,२शुक्रबार
रुकुम । रुकुम पुर्व जिल्ला समन्वय समितिका प्रमुख सहित पाँच जना जुवाडेलाई प्रहरीले आज दिउँसो जुवाको खालबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर वली, सोही जिल्लाका पृथा उत्तरगंगा ५ बस्ने २९ वर्षका सुभास घर्तिमगर, वडा नम्वर १० बस्ने ६४ वर्षका जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ७ बस्ने ४२ वर्षका लील बहादुर पुन र मुसिकोट नगरपालिका १ बस्ने ३७ वर्षका कमल गिरी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
रुकुम पश्चिम मुसिकोट १ पातुखोला स्थित भरत घर्तिमगरको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले दिउँसो तिन बजे समन्वय समितिका प्रमूख सहित पाँच जना जुवाडेलाई पक्राउ गरेको रुकुम पश्चिमका निमित्त प्रहरी प्रमुख कपिल शाहीले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट नगद २५ हजार सहित ३ गड्डी तास समेत बरामद गरेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।