क्रिकेटमा प्रतियोगितामा आर्मीको विजयी सुरुवात

फिल्को मिसन

२०७७ मााघ,२शुक्रबार

कठमाण्डौं । बिनोद भण्डारीको शतकमा विभागीय टिम आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगितामा शानदार सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले पराजित गरेको हो । २ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी १२ बल छँदै १ सय ८९ रनमा अलआउट बन्यो ।

समिर कँडेलले अर्धशतकिय इनिङ्समा बिपिन खत्री ३७ रनमा अविजित रहे । अर्जुन कुमारले ३६ र दिपक डुम्रेले २६ रन बनाउनुभयो । बिष्णु पाण्डेले १२ रन बनाउनुभयो । आर्मीका राजेश पुलामीले ५ विकेट लिएपछि गण्डकीको इनिङ्स धरासायी बनेको हो । यस्तै, भिम सार्कीले ३ तथा आकाश चन्द र रोहित पौडेलले १ विकेट लिनुभयो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो । बिनोद भण्डारीले उद्घाटन खेलमै शतकिय इनिङ्स खेलेपछि आर्मीले गण्डकी सामु उच्च लक्ष्य प्रस्तुत गरेको थियो । बिनोदले ९ चौका र ५ छक्काको मदतले १ सय ११ रन बनाउनुभयो ।

यस्तै, राजु रिजालले ४५ रन बनाएको इनिङ्समा लोकेश बलमे ४२ र राजेश पुलामी मगरले ३८ रनको योगदान दिनुभयो । भिम शार्की १५, रोहित पौडेल १० र हरीकृष्ण झा १४ रनमा आउट हुनुभयो । गण्डकीका बिपिन खत्री र बिशाल पौडेलले समान २ विकेट लिनुभयो । दिपेश खत्री र चन्द्र पौडेलको नाममा एक एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस