हुम्लामा प्रहरी हवालदार लडेर मृत्यु

मन्दिर सिंह

२०७७ माघ २ शुक्रबार
हुम्ला : चंखेली गाउँपालिका मेल्छाम प्रहरी चौकीमा कार्यरत प्रहरी हवालदारकोे माथीबाट खसेको ढुुंगा छल्न खोेज्दा लडेर मृत्यु भएको छ ।
पुस २८ गते सुरक्षा गस्ति गएका बेला माथीबाट ढुंगा छल्न खोज्दा प्रहरी हवालदार देवेन्द्र खडकाको मृत्यु भएको हो । बर्दिया जिल्ला घर भएका हवालदारलाई चंखेलीको पिप्लाङबाट मुगु हुँदै उपचार काठमाडौं हेलिकप्टरबाट लिएर जिल्ला प्रहरी कार्यलय हुम्लाले जनाएको छ ।
सदरमुकाम सिमकोट ल्याउन ३ दिन लाग्ने भएपछि मुगुहुदै काठमाडौ लिएका हवालदार खडकाको मृत्यु भएको जिल्ला प्रहरी मृत्यु भएको छ । मृत्यु भएको खडकाको आजै हिन्दु संस्कार अनुसार दाहसंसकार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस