हुम्लामा आउँने यात्रुलाई पिसियारको झनझट आज बाट हट्यो

बाँचबहादुर सुनार

२०७७ माघ २ शुक्रबार

हुम्ला। जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गबाट हुम्ला आउँदा यात्रुलाई आजबाट पिसिआर रिर्पोट नचाहिने भएको छ ।यस अघि देशका विभिन्न शहरबाट हुमला प्रवेश गर्दा अनिवार्य गरीएको पिसिआरले झनझटिलो भएपछि अब नचाहिने भएको छ ।
चैत ११ गतेबाट लकडाउन भए पश्चात जिल्लाका नागरिकहरु आवत जावत गर्नका लागि जिल्ला बाहिर रहेको भए पनि अनिवार्य रुपमा पिसिआर चाहिन्थ्यो तर विच विचमा पिसिआर रिर्पोट नक्कली ल्याएर प्रवेश गर्नेको संख्यामा उल्लेखनिय भएपछि आजबाट पिसिआर नचाहिने भएको छ ।कोरोना भाइरस ९कोभिड १९० संक्रमण हुम्ला जिल्लामा एकाएक फैलिदाँ जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट हवाई यात्राबाट आउने जो कोहीले पिसियार रिर्पोट ल्याउनु पर्ने निर्णय गरेको थियो ।

जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको सदरमुकाम सिमकोट आउँदा २ हजार रुपैयाँ तिरेर पिसिआर रिर्पोट ल्याउँदा समस्यामा पर्ने गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको कोभिड विपत व्यवस्थापन समितिको आज बसेको बैठकले अनिवार्य रुपमा पिसिआर नचाहिने निर्णय गरेपछि यो समस्याबाट यहाँका स्थानीयले छुटकारा पाएका छन् ।

शुक्रबार सिमकोट गाउँपालिकामा बसेको कार्यसमितिको बैठकले जिल्लामा त्यति कोरोनाको त्रास नभएकाले अबदेखी नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको सदरमुकाम सिमकोट आउँदा पिसियार रिर्पोट नचाहिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरिले जानकारी दिए ।

जिल्ला बाहिरबाट आएका व्यक्तिहरुलाई विमानस्थलको हेल्थ डेक्सले भने नियमित कोरोना चेक जाँच गर्ने भएको छ । त्यसमा कोभिड १९ संकास्पद व्यक्तिहरुलाई भने व्यवस्थीत रुपमा राखिने जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस