सिमकोट गाउँपालिकाले जडान गर्यो नवजात शिशु न्यानो राख्ने मेसिन

वेलुमाया महतरा

२०७७ माघ २,शुक्रबार

हुम्लाका सातवटा गाउँपालिका मध्ये सिमकोट गाउँपालिकाले पहिलो पटक चारवटा बर्थिङ्ग सेन्टरमा Baby Radiant Warmer जडान गरेको छ । सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले चारवटा बर्थिङ सेन्टरमा नवजात शिशुलाई सिताङ हुनबाट बचाउन, न्यानो राख्न, कम जन्म तौल बच्चाको अन्य जटिलता हुनबाट बचाउनुका साथै नवजात शिशुको मृत्युदर कर्म गर्नका लागी यो मेसिन जडान गरीएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक दान बहादुर बोहराले जानकारी दिए ।

यसबाट सिमकोट गाउँपालिकामा नवजात शिशुमा हुने जलिता समधान गर्न महत्वपूर्ण सहयोग पुग्ने भएको संयोजक बोहराले बताए । वडा दुई ठेहे र वडा तीन बरगाउँमा रहेको बर्थिङ सेन्टरमा नवजात शिशुलाई न्यानो राख्ने मेसिन द्यबदथ च्बमष्बलत ध्बचmभच जडान गरीएको छ भने वडा सात डाडाफया र वडा आठ स्याडामा अबको एकदुईदिनमा जडान गरीने भएको छ ।

द्यबदथ च्बमष्बलत ध्बचmभच एक मेसिनको साढे दुई लाख मुल्य पर्न गएको बोहराले जानकारी दिए । यो मेसिन जिल्ला अस्पताल हुम्लामा पहिलो पटक जडान गरीएको छ भने अन्य गाउँपालिकामा जडान नभएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस