नेपाली काँग्रेसले आज सर्बैे स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

२०७७ माघ,३ शनिबार
काठमाण्डौं । नेपाली कांग्रेसले आज सबै पालिकाहरुमा विरोध प्रदर्शन गर्दैछ । नेपाली काँग्रेसले आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेले चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । पूर्व घोषित कार्यक्रम अन्तर्गत आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गर्न लागेको हो ।
काँग्रेस सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सहभागी हुन अपिल गर्नुभएको छ । उहाँले आजको विरोध प्रदर्शनमा सक्रिय रुपमा सहभागी हुन पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभएको हो । हिजो सभापति देउवाले विज्ञप्ति जारी गर्दै पार्टीको सबै तहका कार्यकर्ता र समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा सहभागी भएर अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गर्नुभएको हो ।
संसद विघटनको कार्यलाई नेपाली काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । यसअघि काँग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । कांग्रेसले पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा र पुस १३ गते निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ। कांग्रेसभित्र पनि आन्दोलन कि चुनाव भन्ने मत विभाजन भएको चर्चा भइरहेका बेला सभापति शेरबहादुर देउवाले आन्दोलनमा सहभागी हुन नेता कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ ।