मिडीया लाई भ्रम सिर्जना नगर्न सर्वोच्च अदालतको चेतावनी

फिल्को मिसन

२०७७ माघ,३ शनिबार
काठमाडौं । सर्वोच्च अदालतले न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनास्थामा प्रतिकूल प्रभाव पर्ने गरी केही मिडीया अनलाइन पोर्टलले भ्रामक समाचार सम्प्रेण गरेको आपत प्रकट गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सर्वोच्च अदालतका केही न्यायाधीशले भेट गरेको समाचार आएपछि सर्वोच्चले त्यसको खण्डन गरेको छ ।
अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने मनसाय राखेर सत्य, तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार सामग्री प्रकाशन गर्ने कार्यबाट न्यायपालिकाप्रतिको विश्वनीयता र नागरिकको यसप्रतिको आस्थामा खलल पुग्ने जाने प्रेसप्रतिको विश्सनीयतामा आँच आउन बताएको छ ।
पत्रकार आचारसंहिता र कानुन प्रतिकूल हुने हुँदा कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदै अदालतले सम्प्रेषित समाचारको भ्रममा नपर्न प्रेस विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

प्रेश-विज्ञप्ति-२०७७-१०-०२ (1)

प्रतिक्रिया दिनुहोस