प्रधानमन्त्रीको स्पष्टीकरण : न्यायाधीशसँग नभेटेको प्रधानमन्त्री ओलीको दावी

फिल्को मिसन

२०७७ माघ,३ शनिबार

काठमाण्डौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका छन् ।
काठमाडौँमा आज आयोजित प्रदेश १ का आफ्नो समूहका नेताकार्यकर्ताको भेलालाई संवोधन गर्दै उहाँले न्यायालय र न्याय प्रणालीमाथि विश्वास घटाउन षड्यन्त्र गरिएको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्रीले केही न्यायाधीश भेटेको भनेर हल्ला चलाइएकोमा आपत्ति जनाउँदै उहाँले न्यायाधीशलाई नभेटेको उल्लेख गर्दै सपना प्रधान मल्ललाई न्यायाधीश हुनुभन्दा अगाडि सार्वजनिक कार्यक्रममा देखेको दावी गर्नुभयो ।
नेकपाको ओली समूहका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रचण्ड – नेपाल समूहले निर्वाचन आयोगलाई काम रोक्न दबाब दिएर गैरजिम्मेवार अराजनीतिक कार्य गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले निर्वाचन सामना गर्न प्रचण्ड–नेपाल समूहलाई चुनौती दिँदै आफूहरूले अझैँ पनि अध्यक्ष, वरिष्ठ नेताको पद कायमै राखेकोले बैठकमा आउन पनि आग्रह गर्नुभयो । आफूले गरेको सिफारिसमा धारा ७६ को (१) र (७) तथा धारा ८५ उल्लेख रहेको भन्दै मन्त्रिपरिषदबाट निर्णय नगराएपनि हुने अवस्थामा छलफल गराएको दाबी गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस