निर्वाचन तोकिएकै समयमै हुन्छ : सुवास नेम्वाङ

फिल्को मिसन

२०७७ माघ,३ शनिबार

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले सरकार काम चलाउन नभएको दाबी गरेका छन्। नेकपा ओली पक्षको प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन ।
नेता नेम्वाङले सरकारले घोषणा गरेको निर्वाचन भने समयमै हुने दाबी गर्नुभएको छ । उहाँले संसद् विघटनको सत्यता सर्वोच्च अदालतले फैसला गर्ने पनि बताउनुभयो ।
ओली समूहको प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलामा नेम्वाङले प्रधानमन्त्री ओलीले संसद् विघटनको मुद्दामा धारणा राख्न मिलेपनि आफू भने केही नबोल्ने बताउनुभयो । प्रधानमन्त्रीले संसद् विघटन गरेको हो, उहाँ बोल्न सक्नुहुन्छ । यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएको हुनाले म बोल्दिनँ भनेको थिए, अहिले पनि त्यै भन्छु , उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस