विधि र पद्धतीलाई नमान्दा पाटी नै संकटमा पारेको नेपालको भनाइ

फिल्को मिसन

२०७७ माघ,३ शनिबार
दाङ ।प्रचण्ड – माधब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधव कुमार नेपालले पार्टी भित्र विधि र पद्धतीलाई नमान्दा पाटी नै संकटमा परेको बताउनु भएको छ ।
पाटीमा निति प्रधान भन्दा व्यक्ति प्रधान हुन नसक्ने बताउदै नेपालले पार्टी भित्र व्यक्ति हाबी हुदा यो समस्या उत्पन्न भएको बताउनु भयो । प्रचण्ड – माधब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा दाङले आज तुलसीपुरमा गरेको जिल्ला स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गदै उहाँले यस्तो बताउनु भयो ।
पार्टी भित्र देखिएका समस्या बारे छलफल र बहस गरौ भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नमान्दा पार्टी संकटमा फसेको उहाँको आरोप थियो । आन्तरिक विवादलाई बहस बाटै समाधान गरौ भन्दा प्रधानमन्त्री ओलीले अनेकौ बाहाना बनाएर असवैधानिक कदम चालेको उहाँले आरोप लगाउनु भयो ।
यस्तैगरी नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको बताउनु भएको छ । संसद भंग गर्नका लागी विभिन्न विधि र प्रक्रिया भएको बताउदै उहाँले प्रधानमन्त्री ओलीले आफुखुशी ,आफनो व्यक्तिगत बचाउका लागी जवरजस्त संसद विघटन गरेको आरोप लगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस