प्रतिनिधिसभा पुर्नस्थापना हुने काँग्रेस नेता पौडेलको भनाई

२०७७ माघ,३ शनिबार
काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन्।
चितवनको भरतपुर महानगरपालिकाद्धारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पौडेलले प्रतिनीधिसभा विघटनले मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि एकै पटक प्रहार भएको बताउदै सर्वोच्च अदालतले न्याय दिनेमा विश्वास व्यक्त गर्नुभयो । संसदको विघटनले लोकतन्त्र, संविधान र राष्ट्रमाथि एकै पटक प्रहार भएको नेता पौडेलको भनाइ छ ।
् वरिष्ठ नेता पौडेलले संविधनामा धारा ७६ (५) को प्रधानमन्त्रीले बाहेक प्रतिनीधिसभा विघटन गर्न नपाउने स्पष्ट व्यवस्था हुँदा, हुँदै पनि कतै फैसला अन्तै जान्छ कि भन्नेमा आम नागरिकले शंका गरिरहेको पनि उहाँले बताउनुभयो । पौडेलले नेपाली काँग्रेस चुनावमा नजाने भन्ने हुँदै नभएको बताउँदै चुनाव भन्दा ठुलो संविधान र लोकतन्त्र हुने स्पष्ट पार्नुभयो