पछिल्लो २४ घण्टामा ३ सय ९० जना सङक्रमणमुक्त, २ सय ७० मा कोरोना पुष्टि

फिल्को मिसन

२०७७ माघ,३ शनिबार
काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ८४ को पीसीआर परीक्षण गर्दा १ सय ८० पुरुष र ९० जना महिलामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये काठमाण्डौं उपत्यकाको मात्र १ सय ७२ रहेका छन् । परीक्षणको करिब ९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कूल कोरोना सङ्क्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ । यस्तै, यस अवधिमा ३ सय ९० जना सङक्रमणमुक्त भएसंगै नेपालमा हालसम्म कोरोना भएर निको हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको छ । निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ४८ पुगेको छ । मृत्यु दर शून्य दशमलब ७३ प्रतिशत रहेको छ । हाल सक्रिमय सङ्क्रमित ४ हजार ३ सय १ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस