बेलायतमा अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध

एजेन्सी

२०७७ माघ,३ शनिबार
एजेन्सी । कोरोना भाइरसको सङ्क्रमण बढपछि बेलायतले सबै अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको नयाँ प्रजातिबाट जोगाउनका लागि आगामी सोमबारदेखि लागू हुने गरी बेलायतमा सबै प्रकारका यात्रामा रोक लगाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताउनुभएको छ । बेलायत आउन अब अनिवार्य रुपमा कोरोनाको परीक्षण रिपोर्ट नेगेटिभ भएको देखाउनु पर्नेछ । नयाँ यात्रा प्रतिबन्ध फेब्रुअरी महिनाको १५ तारिखसम्म लागू रहने बीबीसीले जनाएको छ । बेलायतको स्वास्थ्य मन्त्रालयले केही सातायता सङ्क्रमण ५० प्रतिशतले बढिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस