संसद् विघटनविरुद्ध जसपाद्धारा शक्ति प्रदर्शन

फिल्को मिसन

२०७७ माघ,३ शनिबार
बारा । जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनविरुद्ध ब ‘शक्ति प्रदर्शन’ गरेको छ । शनिबार प्रदेश २ को सरकार सञ्चालन गर्दै आएको दल जसपाले प्रदेशका ८ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै आएको छ।
प्रधानमन्त्री ओलीको कदम संघीयताविरोधी रहेको भन्दै त्यस विरुद्ध जसपाले बारामा शनिबार शक्ति प्रदर्शन गर्दै प्रदर्शन र विरोधसभा गरेको छ ।
जिल्लाका १६ वटै स्थानीय तहबाट सदरमुकाम कलैयामा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेको हो। सभालाई जसपाका नेताहरुले सम्बोधन गर्दै जनताले प्रधानमन्त्री ओलीको कदम सच्याउने दाबी गरेका छन्। प्रदेश २ सरकारका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका जसपा केन्द्रीय कार्यकारी समिति सदस्य जीतेन्द्र सोनलले आन्दोलनकै बलमा ओलीलाई साईजमा ल्याउने बताए।

प्रतिक्रिया दिनुहोस