योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा फेरि निर्वाचित

फिल्को मिसन

२०७७ माघ,४ आइतबार
एजेन्सी । योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा फेरि निर्वाचित हुनुभएको छ । युगाण्डाको निर्वाचन आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले खसेको कूल मतसङ्ख्याको ५८.६४ प्रतिशत मत प्राप्त गर्नुभएको छ । नयाँ कार्यकालका लागि निर्वाचित वर्तमान् राष्ट्रपति मुसेभेनीको निकटतम प्रतिद्वन्द्वी बोबी वाइन भनिने रोबर्ट क्यागुल्यानीले ३४.८३ प्रतिशत मत पाउनुभएको छ । राष्ट्रपतिमा तेस्रो स्थानमा प्रजातान्त्रिक परिवर्तन पार्टीका नेता तथा विपक्षी नेता प्याट्रिक अमुरियटले जम्मा ३.२४ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । सन् १९८६ देखि युगाण्डाको सत्तामा रहँदैआएका म्यूसेभेनीको जितले उहाँको शासनलाई अर्को पाँच बर्षका लागि वैधानिकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस