जुम्लाका १९ जना बालबालिका अहिले सम्म बेपता

फिल्को मिसन

२०७७ माघ,४ आइतबार
जुम्ला । २०७७ साउनदेखि अहिलेसम्म जुम्लाबाट हराएका १९ जना बालबालिका अझै भेटिएका छैनन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका अनुसार जिल्लाका १९ बालबालिका हराइरहेको र उनीहरूको खोजी भइरहेपनि अझै नभेटिएको प्रहरीले जानकारी दिएको छ।
सेवा केन्द्रमा घरेलु हिंसाका १८ र सामाजिक हिंसाका १९ वटा उजुरी परेका छन्। सेवा केन्द्रसहित जिल्ला प्रहरी कार्यालय जुम्लाको मुद्दा शाखामा २०७७ साउनदेखि अहिलेसम्म १ सय ९ वटा मुद्दा दर्ता भएका छन । पछिल्लो वर्ष सबैभन्दा धेरै अभद्र व्यवहार गरेको मुद्दा परेको छ।
यस्तै, कर्तव्य ज्यानका ४ वटा, व्यक्ति वेपत्ता भएको एउटा, ज्यान मार्ने उद्योगका एउटा, झुण्डिएका ९ वटा , बिष सेवन गरेका ४ वटा मुद्दा परेको प्रहरी निरीक्षक युवन चौधरीले जानकारी दिएका छन्।
उनका अनुसार भवितव्यका ५ वटा, जवजस्ती करणीका ३ वटा र जबजबस्ती करणी उद्योगका २ वटा, बहुविवाहका ४ वटा, लागूऔषधका ३ वटा ,जुवातासका २ वटा, सार्वजानिक अपराधका ५ वटा, किर्ते कागजको एउटा, नागरिकता सम्बन्धी एक र चोरी सम्बन्धीका २ वटा उजुरी परेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस