चिकित्सक लाइसेन्स परीक्षा फारम खुल्यो

२०७७ माघ,४ आइतबार
काठमाण्डौं । चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि नेपाल मेडिकल काउन्सिलले फारम खुला गरेको छ ।माघ ५ गतेदेखि अनलाइन फारम खुला गर्ने काउन्सिलले सूचना निकालेर जानकारी दिएको हो।फागुन ९ र १० गते ५९ औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा गर्ने तयसमेत काउन्सिलले गरिसकेको छ।‘माघ ५ देखि २४ गतेसम्म नियमित तथा २५ र २६ गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने व्यवस्था गरिएको छ,’ काउन्सिलले जारी गरेको सूचनामा उल्लेख छ।