निर्वाचनबारे आयोगले बोलायो सर्वदलीय बैठक

२०७७ माघ,४ आएतबार
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनबारे छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएको छ । आगामी निर्वाचनका विषय लाई लिएर छलफल गर्नका लागि बैठक बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनु भयो ।
प्रतिनिधिसभा र प्रदेशसभामा सहभागी रहेका सबै दल लाई साढे ११ बजेका लागि बैठकमा बोलाइएको आयोगका प्रवक्ता श्रेष्ठले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निवार्चनको मिति तोकेका छन्। प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेका छन्।