२०७७ माघ,४आईतबार
काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ । आज बिहान शीतल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता बाक्लो हुँदै आएको छ ।
भेटमा राजनीतिक विषयमै छलफल भएको बताइएको छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटमा यिनै समसामयिक विषयमा करिब दुई घण्टासम्म छलफल भएको छ ।