प्रतिगमनलाई सफल हुन नदिन युवावर्ग लाई आक्रामक बन्न प्रचण्डका निर्देशन

२०७७ माघ,४आईतबार
काठमाण्डौ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिनु भएको छ । आफ्नो पक्षका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यति धेरै खरानी घसेका छन् कि मैले त अनुहार नै चिन्न छाडेको छु । आफूबाहेक एक जना पनि नभएकालाई पार्टीमा ल्याएर स्थायी कमिटीमा लगेको तर, मन्त्री हुन दौडिएको उनले बताए ।
आन्दोलनको अग्रमोर्चामा आफू पनि हुने उहाँको भनाइ छ ।
आफू सम्वद्ध अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै उहाँले कार्यकर्ताको रक्षाका लागि आफू टाउको फुटाउन तयार रहेको तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उहाँको तर्क छ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले अर्का समूहमा लागेर मन्त्री भएकाहरुलाई देखेर लाज लागेको टिप्पणी गरेका छन् ।
आफ्नो पक्षका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यति धेरै खरानी घसेका छन् कि मैले त अनुहार नै चिन्न छाडेको छु ।’ आफूबाहेक एक जना पनि नभएकालाई पार्टीमा ल्याएर स्थायी कमिटीमा लगेको तर, मन्त्री हुन दौडिएको उनले बताए ।
अर्को कार्यक्रमामा प्रचण्डले सात दशक लडेर ल्याएको उपलब्धीमाथि प्रहार हुँदा आफूहरुले खुशीयाली मनाउन नसक्ने बताउनु भएको छ ।