वडाध्यक्ष थापा माथि हातपात, गम्भिर घाइते

मन्दिर सिह

२०७७ माघ,५ सोमबार
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर एकका अध्यक्ष रग थापामाथि हातपात भएको छ । श्रीनगरको थलान्ल मोडदेखि कल्ख्या सम्मको सडक अनुगमनका क्रममा उहाँमाथि स्थानीयले हातपात गरेका हुन् ।
थापाको टाउको, मुख र शरिरमा चोट लागेको छ । अध्यक्ष थापालाई ६ वटा टाका लगाइएको छ । वडाध्यक्ष थापाले प्राविधिकको सर्भे विना श्रीनगरको सडक मनपरी ढंगले काट्न नहुने भन्दै सम्झाउन खोज्दा स्थानीयले ढुङगा मुडाले हान्दा वडाध्यक्षसहित तीनजना घाइते भएको अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिनुभयो ।
कुटपिटमा संलग्न स्थानीयले आफैं भोट दिएर निर्वाचीत गरेका कारण आफुहरुले हातपात गर्न पाउने बताएका छन् । घाइते हुनेमा वडाध्यक्ष रग थापा, स्थानीय दिपक थापा र मक्क थापाको अहिले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । सकडका विषयलाई लिएर वडाध्यक्ष थापा माथि हातपात हुँदा गम्भिर घाइते छ वटा टाका लगाइयो

प्रतिक्रिया दिनुहोस