हुम्लामा बाल विवाह रोक्ने धामी–झाँक्री लाई प्रशिक्षण

२०७७ माघ, ५सोमबार
हुम्ला । जिल्लाको सिमकोट गाउँपालिकाले बालविवाह न्युनिकरणका लागी पुजारी र धामी झाक्रिसँग प्रशिक्षणसम्पन्न गरेको छ ।
भयावह अवस्थामा रहेको बालविवाह न्युनिकरण गर्नको लागि सिमकोट गाउँपालिकाले अभियान थाल्ने भएको हो । बाल विवाह न्युनिकरणको अभियान अन्तर्गत धामी लाई प्रशिक्षण दिने गरेकोे गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायले बताए ।
जिल्लाका ग्रामिण वस्तिहरुमा पछिल्लो समयमा वालविवाह गर्नेको दर नघटेर उतिकै रहेकाले यसको न्युनिकरण गर्नका लागी धामी झाँक्रिको भुमिका महत्वपुर्ण रहने भएकाले एकदिने अभिमुखिकरण गोष्ठी कार्यक्रम गरेको हो । बालविवाहको अन्त्य, महिला हिंसा न्युनिकरण तथा कानूनी सहायता सम्बन्धि जानकारी दिने उद्धेश्यले तालिम सञ्चालन गरिएको निमित्त अधिकृत रोकायाले जानकारी दिए ।
कार्यक्रममा सहभागी धामी झाँक्रिहरुले बाल बिबाह आफुहरुले नगराउने बताएका छन् । समाजबाटै बालविवाह अन्त्यका लागि आफुहरु अग्रसर हुने भन्दै बालविवाह रोक्ने अभियानमा आफुहरुको साथ सहयोग रहने भएको बताएका हुन् । सानै उमेरमा विवाह गर्ने र गराउनेका लागी कानुन निर्माण भएकाले यसको न्युनिकरणका लागी आफुहरुको सहयोग रहने बताएका छन् । आइतबार भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष वलि रावत, निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया, वडा ४, ५, र ६ का २५ जना पुजारी र धामी झाँक्रिको उपस्थित रहेको थियो ।
हुम्लामा गरिबी, अशिक्षा, चेतनाको कमी, सामाजिक सञ्जालको दुरुपयोग, देखासिकीका बालविवाह बढ्दै गएको छ । यस्तै बढ्दो आधुनिकीकरण, सामाजिक तथा साँस्कृतिक कुसंस्कारका कारणले गर्दा पछिल्लो समयमा बालविवाह बढ्दै गएकोे जनाएको छ ।