सोलुखुम्बुको महादेव भीरमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

फिल्को मिसन

२०७७ माघ,५ सोमबार
सोलुखुम्बु । सोलुखुम्बुको महादेव भीरमा ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
सोलु दूधकुण्ड नगरपालिका तिङ्ला बरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमाना महादेव भीरमा गएराति बा ४ ख ७९८० नम्बरको ट्रक दुर्घटना हुँदा चालक धादिङका कमल मगर, हेटौँडाका रामकुमार मगर र सप्तरीका कृष्ण चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिनुभयो ।
दुर्घटनामा हेटौँडाका रमेश मगर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ ।

प्रतिक्रिया दिनुहोस