हेक्पा गाउँको सम्भावना र अवसरमा युवाहरूको हातेमालो

फिल्को मिसन

२०७७ माघ,५ सोमबार
हुम्ला । नाम्खा गाउँपालिकाको वडा नं १ मा पर्ने हेक्पा गाउँ कुनै बेला बदनाम गाउँको रुपमा चिनिएको थियो । पछिल्लो समय देश विदेशमा ब्यापार व्यवसाय गर्न जाने युवाहरूको संयुक्त पहलमा एक नमुनायोग्य गाउँका रुपमा विकास र विस्तार हुन थालेको छ ।नेपाल, भारत र चीनको स्वशासित क्षेत्र लगायत चीनका धेरै प्रान्तहरूमा गएर विभिन्न प्रकारका ब्यापार व्यवसाय गरेर एकातिर आर्थिक उपार्जन गरिरहेका छन् भने अर्कोतिर त्यहाँको विकास र निकासका कुराहरू आफ्नै गाउँमा प्रयोग गरेर जिल्लाकै एक नमुनायोग्य गाउँको विकास गर्र्ने प्रयास गरेको स्थानीय युवा लाल लामाको स्वीकारोक्ती रहेकोे छ ।

उहाँले भन्नुभयो–“हामी करीब पाँच दर्जन युवाहरुले गाउँलाई सुधार्ने प्रयास गरेका छौं । एकातिर स्थानीय युवाहरुको आत्मबल र स्वरोजगार बढ्दै गएको छ । अर्कातिर समाजसेवाका काममा पनि हातेमालो गर्ने प्रयास गरेका छौं ।”

विशेष गरी फुरुको ब्यापारलाई आधार बनाएर विभिन्न प्रकारका धातुका सामाग्री तथा गरगहनाको ब्यापारले हालसम्म राम्रो बजार पाएकाले हिउँद र वर्षा एकदमै व्यस्त हुने गरेको हेक्पा गाउँका युवाहरूको एक मत रहेको छ । यसैले पनि उहाँहरुले ब्यापारबाट आएको नगदलाई घरजग्गा, गाडी तथा अन्य कामका प्रयोग गर्दै आएका छन् । यसबाट कुनै बेलाको कुख्यात, बदनाम र उपेच्छित गाउँ आज एक विकासको सम्भावना बोकेको, सरसफाईयुक्त र मेलमिलापका लागि एक राम्रो गाउँ बन्दै गएको नेकपा हुम्लाका केन्द्रीय सदस्य विजय भण्डारीको मत रहेको छ ।

यो गाउँको सुधारमा लागेका युवाहरू सुनामबहादुर लामा, लाल लामा, रामसिंह लामा, मीम लामा, पदम लामा र लतित लामा लगायतका छ दर्जनभन्दा धेरै युवाहरू हातेमालो गरेर गाउँको विकास र निकासका लागि एकजुट भएर लागेको अगुवामध्येका एक रामसिंह लामाले बताउनुभयो ।

कुनै बेलाका घुमन्ते अर्थात् याक्पाको उपमा बोकेको यो गाउँ वरिपरी विभिन्न प्रकारम मनोरम हिँमे चुचुराको काखमा हेक्पा खोलाको उत्तर पश्चिम पाखोमा रहेको हुम्लाको एक जडान बस्ती हो । त्यति बेलाका राणा, आँसे तथा पञ्चायती राजनीतिक नेताहरुका लागि भोट बैंकका रुपमा चिनिएका थिए । त्यसका साथै बिनाश्रम, विनाकाम र विनामामको स्रोत बनेको ओलक र रटुकको स्रोत थियो यो गाउँ । यसैले पनि झोवा, जुमा र महका लागि अन्य गाउँको एक स्रोत पनि थियो । बहुदलसँगै यहाँका युवाहरू चिनियाँ कम्युनिष्ट शासनको प्रभावले अधिंकासले प्रगतिशील विचारधारा बोक्ने गरेका छन् ।

कुनै पनि कामलाई सानो नमानि लगन र परिश्रमका साथ लागेकाले एक डेड दशकको समयमा एक एकताबद्ध तथा नमुनायोग्य गाउँको रुपमा विकास विस्तार गर्न प्रयासरत रहेको स्थानीय अगुवा अर्का युवा सुनामबहादुर लामाको भनाई रहेको छ ।

उहाँले भन्नुभयो–“हाम्रो गाउँ हेक्पा कुनै बेला बदनाम भए पनि अब त एक नमुना उन्मुख गाउँ बनाउने अभियानमा लागेका छौं । यहाँ र हुम्लामा हुने कृषि र अन्य प्रकार कुराहरूले चीनको स्वशासित क्षेत्रमा राम्रो बजार पाउने उहाँको मत रहेको छ तर सरकारले आवश्यक सीमा सुरक्षा र प्रशासनिक कुरा मिलाउनु पर्छ ।”

अझै पनि पशुपालन, कृषि तथा महको गाउँको रुपमा चिनिएको गाउँ पछिल्लो आधुनिक विकासको लहरोमा लहरिन थाले पनि यसलाई स्थानीय परम्परा र प्राकृतिक वरदानसँग समन्वय गरेर हाम्रो संस्कार हाम्रो विकास गर्न एकताबद्ध भएर लागेका छन् । यहाँ केही सुधार गर्न सकेमा पर्यापर्यटन र सांस्कृतिक पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने छ । श्रोत कनकपत्रबाट

प्रतिक्रिया दिनुहोस