बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको भाइरस पुष्टि

फिल्को मिसन

२०७७ माघ सोमबार

काठमाण्डौं । केही दिनअघि बेलायताबाट फर्किएका तीन जनामा नयाँ प्रजातिको नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
आज एक विज्ञप्ति जारी गर्दैै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका ६ जनामा कोरोना देखिएकोमा ३ जनामा नयाँ प्रजातिको भाइरस फेला परेको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको सीआईएनसँग बताउनुभयो ।
हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी विज्ञप्तिमा उल्लेख छ । हङकङबाट आज नमूनाको रिपोर्ट आएकोमा बेलायतबाट फर्किएकामध्ये २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा देखिएको भाइरस यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस