राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

फिल्को मिसन

२०७७ माघ सोमबार

काठमाण्डौं । निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको वार्षिक प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले प्रतिवेदन पेश गर्नुभएको हो । आयोगकोे वार्षिक प्रतिवेदन ग्रहण गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेकोमा प्रमुख निर्वाचन आयुक्त, आयुक्त, सचिव लगायतका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यस अवसरमा निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले निर्वाचनमा बढी भन्दा बढी मतदाताहरूको सहभागिता गर्ने गराउनेतर्पm कार्य गर्न, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदान स्थल तथा केन्द्रहरू मतदातामैत्री बनाउन सुझाव दिनुभयो ।
। शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकोले तोकिएको समयमा नै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन जरूरी भएको तथा आयोगबाट भइरहेको तयारी सकारात्मक रहेको बताउनुहुँदै स्वतन्त्र, निश्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास पनि राष्ट्रपतिले व्यक्त गर्नुभयो ।
प्रतिवेदन पेश गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७८ का सन्दर्भमा मतदाता नामावली अद्यावधिक (दावी विरोध) कार्यक्रम तथा मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम आयोगबाट स्वीकृत भई राजनीतिक दलहरूसँग परामर्श वैठक तथा जिल्ला निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि आवश्यक तालिम समेत सम्पन्न भएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस