प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण

फिल्को मिसन

२०७७ माघ,६मंगबार
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोधेको पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएका छ ।
संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको र सोही अनुसार साधारण सदस्यबाट पनि हटाउने गरि गरेको निर्णय बालुवाटारमा बुझाएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
नेकपाका दुबै पक्षका नेताहरुले आ–आफ्ना पक्षका नेता कार्यकर्तालाइ भेट्ने र प्रशिक्षण दिने काम गरिरहेका छन् । दैनिक जसो हुने छुट्टा, छुट्टै बैठक तथा भेलालाइ सम्बोधन गर्दै दुबै पक्षका नेताहरुले एक अर्काको आलोचना गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस