कोरोना महामारीले नेपालमा ४ प्रतिशतले गरिबी बढायो

२०७७ माघ,६मंगबार
काठमाण्डौं । कोरोनाले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन सोच हासिल गर्ने सरकारको लक्ष्यमा प्रभाव पारेको र गरिबीको दर पनि ४ प्रतिशतले बढेको योजना आयोगको अध्ययनले देखाएको छ । योजना आयोगका अनुसार कोरोनाको अध्ययनले आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धिदर शून्यमा झर्ने स्पष्ट पारेको छ । प्रतिवेदन अनुसार २०७६/७७ को कुल गार्हस्थ उत्पादनको वृद्धिदर ०.६ प्रतिशत मात्र रहने छ । कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न २०७६ चैत ११ देखि २०७७ जेठसम्म अवलम्बन गरिएको पूर्ण बन्दाबन्दी र २०७७ असारमा आंशिक आर्थिक गतिविधि खुकुलो पारिएको थियो ।
योजना आयोगका अनुसार कोरोनाका कारण ४ प्रतिशतले गरिबी बढेको छ । कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले अपनाएका गतिविधिकै कारण थप १२ लाख जनसङ्ख्या गरिबीको रेखामुनी पर्न गएको अनुमान गरिएको योजना आयोगका सदस्य मीन बहादुरले जानकारी दिनुभयो । कोभिडले २०७९ सालसम्म अतिकम विकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुने लक्ष्य समेत प्रभावित हुने भएको छ ।