बेवारीसे एक ट्याक्टर काठ बरामद

तिलासार विक

२०७७ माघ,६ मंगलबार

हुम्ला । जिल्लाको सिमकोट गाउँपालिका वडा सातको डाडाफयामा रहेको थाया नजिकमा राखिएको बेवारिसे काठ बरामद गरीएको हो । बाटोमा राखिएको एक ट्याक्टर काठ डिविजन वन कार्यालयका कर्मचारीको सक्रियतामा बरामद गरीएको हो ।
डिविजन वन कार्यालयका प्राविधि सुरेन्द्र रावतको नेतृत्वमा गएको टोलीले आज बेवारिसे एक ट्याकटर काठ बरामद गरेको हो । बेवारिसे बरामद गरिएको उक्त काठ डिविजन वन कार्यालय सिमकोट आज नै पुराएको बताइएको छ । अहिले सम्म कोही व्यक्त पनि उक्त काठको प्रमाण लिएर नआएकाले अहिलेनै केही भन्न नसकिने डिविजन वन कार्यालय हुम्लाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस