कोरोना खोप लगाए पछि स्वास्थ्य समस्या देखिए सरकार जिम्मेवार

२०७७ माघ,६मंगबार
काठमाडौं । नेपालमा कोभिड भ्याक्सिन लगाएपछि स्वास्थ्यसम्बन्धी कुनै समस्या देखापरेमा सरकारले निशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार खोप लगाएका मानिसमा स्वास्थ्य समस्या देखिएमा सरकार जिम्मेवार हुने बताएका छन ।
खोपकै कारण देखापरेको हो भन्ने प्रमाण स्वाथ्यकर्मिले पुष्टि गरेको हुनुपर्ने बताएका छन । सरकारले निकट भविष्यमा नै भारतबाट कोरोना विरुद्धको खोप ल्याउने तयारी थालेको छ ।
दि सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड खोप ल्याउने र ल्याएको सात दिनभित्रै फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई लगाउने सरकारको योजना छ।