संसद विघटन सम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा

फिल्को मिसन

२०७७ माघ,६मंगलबार
काठमाण्डौं । सर्वोच्च अदालतमा जारी संसद विघटन सम्बन्धी मुद्दामा आजको बहस पनि हेर्दाहेर्दैमा टुंगिएको छ। मंगलबार रिट निवेदकको तर्फबाट चारजना अधिवक्ताहरुले बहस गरे। बहसका क्रममा अधिवक्ताहरुले अहिलेको संविधानमा संसद विघटनको व्यवस्था नभएको जिकिर गरेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबारदेखि संवैधानिक इजलासमै सुनुवाइ गर्ने आदेशसँगै बहस विषय केन्द्रित भएको हो । तेस्रो दिनमा आज पाँच अधिवक्ताले बहस गरेका हुन ।
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन संवैधानिक वा राजनीतिक विषय हो भन्नेबारेमा प्रष्टसँग बुझ्न संविधानको दृष्टिकोणबाट हेर्नुपर्ने तर्क राख्नुभयो । अधिवक्ता रुद्र शर्माले कार्यपालिकाले व्यवस्थापिकाको विश्वास कायम गरेर काम गर्नुपर्ने भएकाले वर्तमान संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नदिएको तर्क प्रस्तुत गर्नुभएको थियो । संसद विघटन सम्बन्धी सो मुद्दाको सुनुवाई भोली पनि निरन्तर हुनेछ ।

प्रतिक्रिया दिनुहोस