पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न ओलीको दिए निर्देशन

२०७७ माघ,६मंगलबार
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन्।
नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गर्नुभयो ।प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न पनि प्रधानमनत्री ओलीले आग्रह गर्नुभयो । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु , अध्यक्ष ओलीले भन्नुभयो । पार्टीले ‘जनताको बहुदलीय जनवादको मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल जनताको जनवादको विचार लिएको बताएका छन ।