प्रतिनिधिसभा विघटन गरि राजतन्त्र पुनस्स्थापना बाटो ओलीले रोज्यो :प्रचण्ड

राजेन्द्र परियार

२०७७ माघ,६मंगलबार
काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्स्थापना गर्ने शैलिको प्रधानमन्त्री केपी ओली भएको बताउनुभएको छ ।
प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाले बोल्ने भाषा गन्हाएको टिप्पणी गर्नुभयो । राजतन्त्र पुनस्स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको सुरुवात भएको छ, यसलाईहर मूल्यमा रोक्नुपर्ने समय आएको बताउनु भयो ।
आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री ओलीले जनतामा निहित सार्वभौमसत्ता माथि आक्रमण गरेकाले आफूमा आवेग, घृणा र आक्रोश रहेपनि अधैर्य नभएको प्रचण्डको भनाइ छ ।
युद्धको कमाण्डर हुँ, म भावुक छु फकाएर फकिने खाले म छु ,कठोर हुनुप¥यो भने पनि फेरि भित्तामा पु¥याउँछु म अझैपनि तयारीमा छु म प्रचण्डले बताउनु भयो ।
प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई ऐना हेर्न पनि सुझाव दिए। विधि पद्धतिबाट प्रतिगमन सच्याउन चाहेका पनि उहाँले बताउनुभयो । संसद भंग गरेर ओलीले देशलाई संविधानविहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको पनि प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस