भारतले दियो कोरोना भाइरस विरुद्धको खोप

फिल्को मिसन

२०७७ माघ,७ बुधबार
काठमाण्र्डौ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभयो । अनुदानको खोप भोली देखि नै आउन थाल्ने पनि उहाँले बताउनुभयो ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई खोप दिइने मन्त्री त्रिपाठीले बताउनुभयो । मन्त्री त्रिपाठीले खोप ल्याउने सबै तयारी पूरा भएको पनि बताउनुभयो । यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस