ट्वीटरले लक गरिदियो अमेरिकास्थित चिनियाँ दूतावासको ह्यान्डल

एजेन्सी

२०७७ माघ,८विहीबार
एजेन्सी ।चीनको पश्चिमी प्रान्त सिन्जियाङमा सरकारले लिएको नीतिको बचाउमा ट्वीट गरेपछि ट्वीटरले राजदूतावासको ह्यान्डल लक गरिदिएको हो।

उइघुर मुस्लिम बहुल सिन्जियाङमा पछिल्लो समय बेइजिङले लिएको नीतिले मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै पश्चिमा राष्ट्रहरूले आलोचना गरिरहेका छन्।

केही आलोचकले बेइजिङका अधिकारीहरूले जनसंख्या नबढोस् भनेर उइघुर महिलालाई जबरजस्ती बन्ध्याकरण गरिदिने गरेको बताएका थिए। दूतावासको ट्वीटरमा ुउइघुर महिलाहरू बच्चा पाउने मेसिन होइनन्ु भनेर उक्त नीतिो बचाउ गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस