तराई जिल्लाहरुमा हुस्सु ,हिमाली भूभागमा हिमपातको सम्भावना

फिल्को मिसन

२०७७ माघ,८विहीबरा

काठमाण्डौ । विहीबार उच्च हिमाली जिल्लाहरुका भूभागका एक। दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ । धेरैजसो भूभागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । गएरातिदेखि देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाका मौसमविद् सजिना शाक्यले बताउनु भयो । अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।
तराई क्षेत्रमा तापक्रम घट्ने भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाका मौसमविद् शाक्यले आग्रह गर्नुभयो । आज दिउँसो पनि प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेर अरु भूभागमा मौसम सफा रहने छ ।
अन्य प्रदेशमा प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बद्ली रहेर देशका बाँकी भूभागहरुमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस