१८ जनाको शव लिन नेपाल वायुसेवा निगमको जहाज मलेशिया जाँदै

फिल्को मिसन

२०७७ माघ,८विहबार
काठमाण्र्डौ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज नेपालीको शव लिनका लागि मलेसिया जाने भएको छ ।
मलेसियामा मृत्यु भएका १८ जनाको शव लिन आज निगमको वाइडबडी–३३० जहाज मलेसिया जाने भएको निगमले जानकारी दिएको छ । मलेसियास्थित नेपाली दूतावासले निगमलाई १५–१५ दिनमा शव बोक्नका लागि उडान गर्न आग्रह गर्दै आएको थियो ।
सोही अनुसार परराष्ट्र मन्त्रालय र पर्यटन मन्त्रालयको सहकार्यमा १८ जनाको लिन शव लिन मलेसिया जाने भएको निगमका महाप्रबन्ध डिम प्रकाश पौडेलले जानकारी दिनुभयो । निगमको वाइडबडीमा शव बोक्ने अधिकतम क्षमता १८ मात्रै हो । सोभन्दा बढी शव भएको अवस्थामा अन्य एयरलाइन्ससँगको सहकार्यमा ल्याउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस