२०७७माघ,८विहीबार
एजेन्सी । दक्षिण कोरियाली कम्पनी सामसुङका प्रमुख व्यक्ति ली जे योंगमाथि अदालतले साढे दुई वर्षको जेल सजाय सुनाएको छ । कोरियास्थित उच्च अदालतले घुस काण्डमा दोषी ठहर गर्दै ली माथि जेलसजाय गरेको हो ।विश्व चर्चित मोबाइल निर्माता कम्पनी सामसङका प्रमुख लि जे–योङ घुसकाण्डामा दोषी पाइएका छन्।घुस तथा भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी पाइएपछि उनलाई साढे २ वर्षको जेल सजाय तोकिएको बीबीसीले जनाएको छ।
यसअघि सामसङबाट दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्युन हेले घुस लिएको आरोप लागेको थियो। उनलाई १२ वर्षको जेल सजाय तोकिएको छ।