पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना पृष्टि

फिल्को मिसन

२०७७माघ,८विहीबार

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ७ सय ९९ रहेको छ । पछिल्लो २४ घण्टामा थप २ सय २६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको सङ्ख्या हालसम्म २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९ सय ७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस