प्रचण्ड र नेपाल बीचको एकता टिक्दैन :प्रधामन्त्रि ओली

फिल्को मिसन

२०७७माघ,८विहीबार

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बीचको एकता लामो समय नटिक्ने बताउनुभएको छ । दुई जनाको सम्बन्ध नेपाली फिल्मको कथाजस्तै भएको भन्दै उहाँले व्यंग्य गर्नुभएको छ । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोही व्यक्तिले तमासा गरिरहेको बताउनुभयो । हुँदै नभएको प्रेमलाई पनि औधी प्रेम भए जस्तो देखाईरहेको भन्दै उहाँले सिनेमाका हिरो हेरोइनबीच प्रेम भएको देखाए पनि वास्तवमा त्यस्तो नहुने भन्नुभयो । अहिले आफूले पार्टीभित्र देशलाई हाँक्ने नेतृत्व खोजिरहेको पनि उहाँले बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस