ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउँछौंः अध्यक्ष नेपाल

२०७७माघ,८विहीबार
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने बताउनुभएको छ ।
आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने बताउनुभयो । उहाँले ३ दिनको समय राखेर स्पष्टीकरण सोधिए पनि चार दिनसम्म समेत जवाफ नदिएको भन्दै अब ओलीलाई पार्टीबाट निष्काशन गर्नुको विकल्प नभएको बताउनुभयो ।
सम्बोधनका क्रममा अध्यक्ष नेपालले संसद पुनःस्थापना हुने दाबी गरे । विरोध सभामा नेताहरु जनार्दन शर्मा, शक्ति बस्नेत लगायत सहभागी भएका थिए । ओलीले रेल र पानीजहाजको कुरा गरेर जनतालाई आश्वासन बाड्ने बाहेकको कुनै पनि काम नगरेको समेत नेपालले आरोप लगाउनुभयो ।