२०७७माघ,८विहीबार
जुम्ला । जुम्लामा महिलाहरुले देउडा गितबार्टै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन्। पातारासी गाउँपालिकाका महिलाले देउडा गीतमार्फत प्रधानमन्त्रीले गरेको संसद विघटनको विरोध गरेका हुन्।
देउडा गीतमा महिलाहरूले ’केपी ओलीको ठेगान छैन आज भोली’ जस्ता टुक्का रचेर देउडा प्रदर्शन गरेका थिए। प्रायः महिलाहरू दूधे बालक च्यापेर सहभागी भएका थिए।
नेकपा कर्णाली प्रदेश कमिटीको सदस्य मायादेवी बोहोराले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम राष्ट्रघाती भएको भन्दै विरोधमा उत्रिएको बताइन्। प्रधानमन्त्री केपी ओलीले गरीब जनताको पसिना र शहीदको रगतले लेखिएको संविधानको अपमान गरेको बताउनु भयो ।